दफा ३२
विवरण अद्यावधिक गर्ने
(१) विभागले देहायको आधारमा तथ्याङ्क भण्डारलाई अद्यावधिक गर्न सक्नेछः-

(क) यस ऐन तथा प्रचलित कानून बमोजिम दर्ता भएका व्यक्तिगत घटनाहरु, (ख) तोकिए बमोजिम सम्बन्धित कार्यालय वा निकायबाट प्राप्त विवरण ।

(२) उपदफा (१) को प्रयोजनको लागि दफा ३ बमोजिम परिचयपत्र लागू भएको जिल्लाको हकमा व्यक्तिगत घटना दर्ता भएको आधारमा तथ्याङ्क भण्डारमा भएको त्यस्तो व्यक्तिको विवरण स्वतः अद्यावधिक हुनेछ।

(३) परिचयपत्र लागू नभएको जिल्लाको हकमा व्यक्तिगत घटना दर्ता भई कायम रहेको विवरणलाई विद्युतीय माध्यमबाट अभिलेख गरिनेछ र त्यस्तो अभिलेखलाई तथ्याङ्क भण्डारसँग आवद्ध लिङ्क गरी विवरण अद्यावधिक गरिनेछ ।

(४) तथ्याङ्क भण्डारमा रहेको विवरण अद्यावधिक गर्दा जुन-व्यक्तिको विवरण अद्यावधिक गर्नु पर्ने हो सोही व्यक्तिको परिचय नम्बरको आधारमा अच्यावधिक गरिनेछ।

(५) कुनै व्यक्तिले दर्ता गराएको विवरणको सम्बन्धमा द्विविधा उत्पन्न

भएमा विद्युतीय तथ्याङ्क भण्डारमा भएको विवरणलाई मुख्य आधार मानिनेछ।